News & Events
Press Release 2081.03.10
प्रेस विज्ञप्ति
मिति २०७८।03।0१ गते र सोही वर्षको श्रावण १६ र १७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको ढोका, Headworks र पहुँच मार्ग लगायतका संरचनाहरु पूर्ण रुपमा क्षति भई मुख्य प्रणाली वन्द भएको व्यहोरा अवगत नै छ।त्यसपछि हरेक बर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरुमा आवश्यक सफाई तथा मर्मत सम्भार गरी अस्थायी रुपमा काठमाडौं उपत्यकामा मिति २०८०।१०।०१ गतेदेखी पानी पथान्तरण गर्दै आइरहेको अवस्थामा यस वर्ष पनि मनसुन सक्रिय भई बर्षा शुरु भएको छ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रभन्दा माथि भेमाथाङ्गमा अत्यधिक मात्रामा रहेको ढुङ्गा गेग्रान सहितको Debris जुनसुकै बेला वाढीसँगै बगेर टनेलमा छिर्न सक्ने अवस्था रहेको, नदीमा पानीको मात्रा अत्याधिक बढेर कर्मचारीहरु आवत जावत गर्न असहज भएको, पानीमा लेदो र गेग्रानहरु बग्न शुरु भई मुहान क्षेत्रमा आवत जावत गर्ने पहुँच सडक बगाउन थालेको हुँदा आज मिति २०८१।03।१० गते देखि मनसुन अवधी नसकिएसम्म काठमाडौंमा खानेपानी पथान्तरणको कार्य बन्द गरिने व्यहोरा अवगत गराउँदछौ।
पटकपटक जतिसुकै प्रयास गर्दा पनि प्राकृतिक विपत्तिको कारणले बाह्रै महिना मेलम्चीको खानेपानी आपुर्ति गर्न नसकिएकोमा काठमाडौंवासी आम उपभोक्तामा पर्न जाने असरप्रति क्षमा याचना गर्दै मनसुन समाप्ति पश्चात यथासम्भव चाँडो काठमाडौं उपत्यकामा पानी पुनः पथान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
मेलम्ची खानेपानी वन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरी काठमाडौं उपत्यकाका आम उपभोक्तालाई सुचारु रुपमा खानेपानी वितरण गर्ने सम्बन्धमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने व्यहोरा समेत अनुरोध गरिन्छ।
मितिः२०८१।०३।१०
……………………
(प्रवक्ता)
Download