Reports & Publications

गुनासो

 

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्वोधन गरी काठमाण्डौ ठेगाना भएका भरत पौडेलको “मेलम्चीको पानी कहिलेसम्ममा काठमाण्डौ आइपुग्छ सो स्पष्ट जानकारी दिनुहोस”

यस कार्यालयको प्रतिकृया 

गुनासोको सम्वन्धमा मेलम्ची खानेपानी बिकास समितिको जवाफ देहाय बमोजिम रहेको छ ।

नेपाल सरकारको आर्थिक बर्ष २०७३।७४ को नीति तथा कार्यक्रममा घोषणा भए अनुसार २०७४ असोज मसान्तभित्र काठमाण्डौमा पानी झार्ने गरी काम भईरहेको ब्यहोरा जानकारी गराइन्छ । हालसम्मको कामको प्रगति निम्नानुसार रहेको छ ।

क) सुरुङ्गको जम्मा लम्वाईः २७५८४.५ मिटर

ख) हालसम्मको प्रगति : २०९५२.९ मिटर (२०७३।७।२२ गतेसम्म)

ग) सुरुङ्ग निर्माण बाँकी : ६६३१.६ मिटर

चालु आ.व. को  हाल सम्मको ११४ दिनको यस अवधिमा ३१०० मिटर सुरुङ्ग निर्माण कार्य भएको छ  यस आ.व. मा  बाकि रहेको ६६३१ मिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न गरि आगामी २०७४ को आसोज सम्ममा काठमाण्डौमा खानेपानी वितरण गरिने छ ।

गुनासोकर्ताको  स्पष्ट ठेगाना खुल्न नसकेको हुदा प्रस्तुत प्रगति विवरण यस समितिको वेभसाइट www.melamchiwater.gov.np मा राखिएको छ साथै दैनिक प्रगति विवरण प्लेस्टोरबाट एन्ड्रोएड मोवाइल एप्लिकेशनमा डाउनलोड गरी प्राप्त गर्न सक्नुहुनेछ ।

 

Download