News & Events

गुनासाे सम्बन्धमा

खानेपानी प्रयोगकर्ताको गुनासो सम्बोधन

गुनासोको संक्षिप्त व्यहोरा

 

नेपाल सरकार,प्रधानमंत्री तथा मंन्त्रिपरिषदको कार्यालयमा सम्बोधन गरी अनुरोज शाक्यवाट निम्न विवरण अनुसारको गुनासो/ जिज्ञासा/ सुझाव व्यक्त गरिएको ‘‘मेलम्चीको पानी फेरी कहिले आउछ ? पानीको त समस्या भयो । मेलम्ची फेरी चाँडो ल्याउनु पर्यो । पानी किन्नु पर्ने बाध्यता हटाउनुहोस ।’’

 

यस कार्यालयको प्रतिकृया

 

मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणमा मेलम्ची नदीवाट दैनिक १७ करोड लीटर खानेपानी काठमाण्डौ उपत्यकामा बितरणका लागी २६ कि.मी. सुरुङ्ग तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको । २०७७ फागुन १० गतेबाट हेडवर्कसको वैकल्पिक प्रणालीबाट अस्थायी रुपमा पानी पथान्तरण गरी सुरुङ्गको परिक्षण संचालन कार्य गरिएको र सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी दैनिक रुपमा १७ करोड लिटर पानी काठमाण्डौ उपत्यकामा वितरणका लागी उपलब्ध गराइएको । सुरुग परिक्षण संचालनको अवधिमै २०७७ चैत्र देखि २०७८ जेठ ३१ सम्म काठमाण्डौ उपत्यकामा पानी वितरण कार्य गरिएको थियो । यसबाट काठमाण्डौ उपत्यकामा क्रमिक रुपमा खानेपानीको वितरण सहज हुदै गएको । मिति २०७८।०३।०१ गते मेलम्ची नदीको मुहानमा आएको भिषण बाढी र पहिरोले गर्दा हेडवर्कस लगायत संरचनाहरुमा क्षति पुगी पानी पथान्तरण कार्यमा अवरोध पुग्न गएको छ । यसबाट मेलम्ची खानेपानी आयोजनाबाट काठमाण्डौ उपत्यकामा खानेपानीको आपुर्ति हुन नसकेको अवस्था छ ।

मेलम्ची खानेपानी आयोजनालाई पून: दिगो रुपमा संचालन गर्न हेडवर्कसको मर्मत वा पून: निर्माण गर्न आवश्यक छ । २०७८ असार र साउन महिनामा मेलम्ची नदीको जलाधार क्षेत्रमा देखिएको परिवर्तन र सो को प्रभाव र उत्पन्न समस्याको स्थायी समाधानका लागी नेपाल सरकार र दातृ निकायबाट समेत अध्ययन अनुसन्धान भईरहेको छ । अध्ययनको सुझाव तथा निष्कर्ष अनुसार कार्यहरु गर्न समय लाग्ने भएपनि हाल मेलम्ची नदीलाई अस्थायी रुपमा डाइभर्सन गरी सुरुङ्गको  माध्यमबाट काठमाण्डौ उपत्यकामा खानेपानी आपुर्ति गर्न नेपाल सरकारको बजेट बक्तव्य अनुसार २०७८ चैत्र मसान्त सम्मको लक्ष्य हासिल गर्न मेलम्ची खानेपानी विकास समिति केन्द्रित रहेको छ ।

 

Download